माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा बौदीकाली च्याम्पियन
पाेखरा | पुस २८, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगितामा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका च्याम्पियन बनेको छ ।
माछापुच्छ्रे ३ घाचोकमा भएको फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।
च्याम्पियनसँगै बौदीकालीले नगद रु ३ लाख, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्याे । यस्तै उपविजेता गलकोटले रु २ लाख तथा ट्रफी हात पार्याे ।
यस्तै सेमिफाइनलमा पुगेका अन्नपूर्ण र चापाकोटले जनही रु ५० हजारबाट पुरस्कृत भए ।
प्रतियोगिताबाट बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु ७ हजार प्राप्त गरे ।
यसैगरी उत्कृष्ट स्पाइकरमा बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकरमा बौदीकालीकै विश्वास अधिकारी, उत्कृष्ट सर्भरमा सोही टिमकै आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।
प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद द्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

